काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दैछ ।
आइतवार पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा सचिवालय बैठक बस्न लागेको हो । बैठकमा तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउन प्रस्ताव तयार पारिने भएको छ ।
तर, बैठकको समय भने तय नभएको पार्टी मुख्यालयले जनाएको छ ।
सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला तहका अध्यक्ष र सचिवको नामावलीसहित तयार पारेको प्रस्तावमाथि समेत छलफल हुने बताए ।
अध्यक्षद्वयले तयार पारेको प्रस्तावलाई निश्चित विधि र प्रक्रियाका आधारमा सचिवालयले अन्तिम रुप दिने र स्थायी समितिबाट अनुमोदन गर्ने तयारी भएको श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया