गाजामा भएको आक्रमणप्रति नेपाल सरकारद्वारा खेद प्रकट

लोकपथ
28
Shares

काठमाडौं । इजरायलले मंगलबार गाजा क्षेत्रमा गरेको आक्रमणप्रति नेपाल सरकारले खेद प्रकट गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै गाजा क्षेत्रमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकारले निन्दा व्यक्त गरेको हो ।

‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले निर्दोषनागरिकमाथिको आक्रमणबारे गम्भीर रहेको जनाएको छ । साथै आपसी विवादलाई शान्तिपूर्ण र वार्ताको माध्यमबाट समाधान खोज्न आग्रहसमेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै परिस्थितिमा नागरिक जनताको सुरक्षाको लागि आह्वान गर्दछौं । हामी शान्तिमा विश्वास गर्छौं । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौं ।’

बुधबार इजरायलले गाजाको एक अस्पतालमा गरेको आक्रमणमा परी सयौँ नागरीकको निधन भएको थियो ।

त्यसअघि नै इजरायलले गाजा क्षेत्र खाली गर्न उर्दी जारी गरेको थियो । उक्त आक्रमणबारे विश्वभरबाट निन्दा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?