बागमती । मकवानपुरमा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् ।
दुर्घटनामा परेकामध्ये ५० जनाको प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार असोज महिनामा सवारी दुर्घटनासम्बन्धी ८५५ वटा कारबाही गरिएको छ । ती कारबाहीबाट ८ लाख ५५ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?













प्रतिक्रिया