एनआरएनएसँगको हातेमालो नेपालको विकास र समृद्धिको लागि महत्वपूर्ण : परराष्ट्रमन्त्री साउद

लोकपथ
28
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले संविधान कार्यान्वयनको गतिले तिव्रता पाएसँगै विकास निर्माणमा पनि प्रगति हुनथालेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनमा उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप उर्जा बन्ने अपेक्षा लिएको बताए ।

उनले भने, ‘एनआरएनएसँग नेपाली जनताले धेरै अपेक्षा गरेकाछन् । उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप उर्जा बन्ने अपेक्षा लिइएको छ । एनआरएनएसँगको हातेमालो नेपालको विकास र समृद्धिको लागि महत्वपूर्ण हुनेछ ।’

राजनीतिक परिवर्तनपछि संविधान कार्यान्वयनको गतिले तिव्रता पाएसँगै विकास निर्माण अघि बढेको उनको भनाई छ ।

उनले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न स्रोत साधनको जोहो गर्दे उपलब्ध स्रोतको परिचालन गर्नुपर्ने अवस्था आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?