एमालेले गर्यो मधेश प्रदेश सभा बैठक अवरुद्ध

लोकपथ
84
Shares

काठमाडौं । मधेश प्रदेश सभामा नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

मधेश सरकारले निर्णयमा मनोमानी गरेको भन्दै प्रदेश सभा सदस्यहरुले बैठक अवरुद्ध गरेको हो ।

सोमबार मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बैठक शुरु भए लगत्तै प्रदेश सभा सदस्यहरुले उठेर विरोध गरेका थिए । सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री हटेको आरोप लगाउँदै प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन् ।

‘सबै दलका नेतालाई राखेर मुख्यमन्त्रीले सहमति गर्नुभएको थियो । १५ दिनको समय मागेको थियो । तर, महिनौं बित्दा पनि चासो नदिएर आफ्नो कामकारबाही अगाडि बढाउनु भएको छ । त्यसैले हामीलाई जवाफ चाहियो ।’ उनले बैठकमा आपत्ति जनाउँदै भनेका थिए ।

सभामुख मण्डलले पटकपटक बस्न आग्रह गरे पनि प्रदेश सभा सदस्यहरुले आफ्नो अडानलाई कायम राखेपछि बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?