काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका तीन स्थानमा एकतर्फी (वान-वे) बनाएको छ । महानगरपालिकाले कार्तिक १ गतेदेखि लागू हुने गरी वान वे बनाएको हो । त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी (वन-वे) बनाइएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल( सेतोपुल(मिलन मार्गतर्फ जान मात्र पाउने छ ।

यस्तै वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ ।
वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाउने महानगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया