काठमाडौं । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले टेकबहादुर तामाङ विनोद चौहान र एक १६ वर्षीय बालकलाई पक्राउ गरेको हाे ।
तीनै जना आरोपी यातायात मजदुर रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार घटना आइतबार बिहानको राति भएको हो ।
“घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए । होटलमा खाना खाएपछि फर्किने क्रममा उनीहरु सिटी रिक्सामा चढेका थिए । सोही रिक्सामा पिडीत पनी सवार थिइन् । ट्रक भएको स्थानमा आएपछि उनीहरु चारै जना रिक्साबाट ओर्लिएका थिए । रिक्साबाट ओर्लिएपछि उनीहरुबीच केही समय छलफल भएको देखिन्छ । त्यसपछि उनीहरु चारै जना ट्रक भएको स्थानमा गएको देखिन्छ । त्यसको केही समयमै पिडीतले हारगुहार गरेपछि स्थानीयहरुले पिडीतको उद्धार गरेको अवस्था हो । सरसर्ती हेर्दा पहिला प्ररम्भिक सहमती भएको, पैसाको कारोबार पनि भएको पाइएको छ । थप अनुसन्धान गर्दै छौँ ।” प्रवक्ता दाहालले लोकपथसँग भने ।
आज म्याद थप गरेर घटना बारे थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया