कोशी प्रकरणले गठबन्धन र पार्टीमा कुनै असर गर्दैन : नेता केसी

लोकपथ
294
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोशी प्रकरणले गठबन्धन र पार्टीमा कुनै असर नपर्ने बताएका छन् ।

आइतबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।

कोशीमा सरकार गठनपछि त्यसको असर गठबन्धन र पार्टीमा पर्ने भन्दै बाहिर हल्ला चलेजस्तो नभएको पार्टी सधैँ एक ढिक्का भएको जिकिर गरे ।

त्यस्तै उनले नेपालमा मनाइने सबै पर्व नेपालीहरुको साझा हुनुपर्नेमा जोड दिएका छन् ।

सबै चाडपर्व सबैको हो भन्ने भावना नेपालीजनमा जाग्रित गराउन समेत आग्रह गरे ।

‘नेपालमा मनाइने सबै पर्व कुनै जाती विशेष भन्ने भावना त्याग्दै, नेपाली जातीको हो भन्ने भावना जागृत गराउनुपर्दछ । अनि मात्रै राष्ट्रिय एकता कायम हुन सक्दछ ।’ नेता केसीले भने ।

त्यस्तै पछिल्लो समय नेपालमा फैलिरहेको जातीय द्धन्द हटाउँदै नेपाली विभाजित हुन नहुनेमा जोड दिए ।

नजिकिँदै गइरहेको पर्वहरुले सबै नेपालीहरुमा समान व्यवहार जागृत गराउन नेपाली कांग्रेसले विभिन्न समयमा गरेको आन्दोलनको उपलब्धी रहेको बताए ।

साथै पछिल्लो समयमा देखिएका विकृती विसंगती हटाउन युवा पुस्ताले अग्र भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । साथै सत्यको निम्ति सबै मिल्नुको विकल्प नरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?