प्रतिनिधिसभा बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (बुधवार) बस्दैछ । 

आज मध्याह्न १२ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निर्वाचन आयोगको आर्थिक वर्ष २०७४–७५को वार्षिक प्रतिवेदन’पेश गर्नेछन् । 

त्यस्तै वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग सांसदहरुले मौखिक प्रश्न सोध्ने कार्यक्रम तय भएको छ । 

त्यसैगरी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यक्रम रहेको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 

साथै व्यवस्थापन कार्य अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, ०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने महासचिव भट्टराईले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?