काठमाडौं । गृह मन्त्रालयले बाँकेसहित ४ जिल्लाका सीडीओको सरुवा गरेको छ ।
मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।
नेपालगञ्जमा धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ भने बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको छ ।
यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ भने उनको ठाउँमा दोलखाका प्रजिअ कोमलप्रसाद धमलालाई सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया