उद्धारका लागि गएको नेवानीको विमान इजरायल अवतरण (तस्बीरहरु)

लोकपथ
35
Shares

काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीलाईको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलमा अवतरण भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान साढे २ बजे उडेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो । उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपाल एयरलाइन्सको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

विमान दुई घण्टा उक्त एयरपोर्टमा रहेर आज राति सवा ९ बजेतिर काठमाडौं अवतरण गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?