नेपाल फर्किने तयारीमा इजरायलको विमानस्थलमा विद्यार्थीहरु

लोकपथ
140
Shares

काठमाडौं । इजरायलमा रहेका नेपालीहरु नेपाल फर्किने तयारी गरेका छन् ।

बुधबार राति नेपाल वायुसेवा निगमको जहाज द्धन्दरत देश इजरायलमा रहेका नेपालीहरुलाई लिन त्यसतर्फ प्रस्थान गरेको थियो । उक्त विमानमा परराष्ट्रमन्त्री एनपी साउद समेत इजरायल प्रस्थान गरेका थिए ।

त्यहाँ रहेका लुइस रिजालले आफूहरु नेपाल फर्किन लागेको भन्दै तस्बिर सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै आफूहरुलाई निरन्तर सहयोग गर्नेहरुप्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।

इजरायलको विमानस्थलमा उनीसहित नेपाल फर्किने नेपाली विद्यार्थीहरुको भीडभाड रहेको छ ।

May be an image of one or more people

शनिबार इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परि १० नेपाली विद्यार्थीको निधन भएको छ ।

नेपाल एयरलाइन्सको विमानले त्यहाँका विद्यार्थीहरु लिएर आज राती ९ बजे त्रिभुवन अन्तराष्र्टिय विमानस्थलमा आइपुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?