काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।
प्रचण्डका र प्रधानमन्त्री ओलीवीच मंगलबार विहान छलफल भएको हो ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले, प्रधानमन्त्री आफैले हेरीरहेको र दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर हेरफेर हुनसक्ने बताएका हुन् ।
तपाईले के सल्लाह दिनुभयो भन्ने प्रश्नमा उनले भने, ‘मैले यो तपाईंको मूल्यांकनमा भर पर्ने कुरा हो, र अधिकार क्षेत्र पनि तपाईकै हो भनेको छु । तपाई नै निर्णय गर्नुस् भनेको छु । ’
यसैवीच, नेकपा अध्यक्ष प्रचण्डले सिके राउत समूहसँग सरकारले गरेको सहमतिमा आफ्नो समर्थन रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया