स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको राप्रपाका अध्यक्ष थापाको आरोप

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले विखण्डनको मुद्दा बोक्ने स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई सरकारसँग कारबाहीको माग गरेका छन् ।  

शुक्रबार सीके राउत सँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने थापाले  दाबी गरेका हुन् । 

मंगलवार पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए । 

सरकारले विखण्डनलाई स्वीकार गरेका दाबी गर्दै थापाले सहमति कसको शक्ति र प्रेरणाले भयो भन्दै प्रश्न समेत उठए ।  

नेपाल हिन्दुराष्ट्र बनाउन थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?