भेपमा लुकाइएको सुन प्रकरण : राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठ)

लोकपथ
91
Shares

काठमाडौं । भेपमार्फत् सुन ल्याउने प्रकरणमा जोडिएका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

जसमा लोकेन्द्रबहादुर पौडेल, बेल्जियमका नागरिक दावा छिरिङ र निमा गुरुङ रहेका छन् । यद्यपी गुरुङ भने फरार रहेका छन् ।

२०७९ साल पुष १० गते फ्लाई दुवइमार्फत् नेपाल आएका चिनियाँ नागरिक लि हानसङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट अवैध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएका थिए । सो क्रममा त्रिभुवन विमानस्थलमा चेकजाँच गर्ने क्रममा त्यसभित्र सुन लुकाएर ल्याएको पुष्टि भएको थियो ।

विमानस्थल भन्सारले बरामद गरेको उक्त भेप छुटाउन पूर्व सभामुख महरासहित उनको छोराले समेत छुटाउनका लागि पहल गरेको आरोप लागेको थियो । तर पूर्व सभामुख महराले भने त्यसको बचाउ गर्दै आएकोमा उनका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गत भदौ १३ गते पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?