काठमाडौंमा भूकम्पको धक्का महसुस

लोकपथ
2.4k
Shares

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

केहीबेरअघि काठमाडौंको सुन्धारा आसपास केन्द्रबिन्दु भएर ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले लोकपथलाई जानकारी दिएको छ ।

भूकम्पको धक्कासँगै मानिसहरु बाहिर निस्किएका छन् । तर कुनै भौतिक र मानवीय क्षती भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?