काठमाडौं । अब अनुमति नलिइ घरजग्गाको कारोबार गर्न नपाइने भएको छ ।
यसअघि अनुमति नलिइपनि घरजग्गाको कारोबार हुने गरेकोमा अब त्यसरी घरजग्गा कारोबार गरे जरिवानासहित जेल सजाय हुने भएको छ ।
संसदको कानून, न्याय तथा मानव अधिकार समितिले सरकारले पेश गरेको सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने केही नेपाल ऐन संशोधन विधेयकलाई परिमार्जनसहित पारित गरेसँगै नयाँ नियम लागू हुने भएको हो ।
नयाँ नियमअनुसार अब अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई २५ लाख रुपैयाँ जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था थपिएको छ ।
सरकारले मालपोत ऐन २०३४ संशोधनमार्फत अनुमति पत्रको व्यवस्थालाई अनिवार्य गर्न लागेको हो ।
त्यसो त यसअघि अनुमति बिना घरजग्गाको कारोबार गर्नेलाई १० लाखसम्म जरिवानाको मात्रै व्यवस्था रहेको थियो ।
नयाँ व्यवस्था अनुसार ५ घरजग्गा कारोबारीले सरकारले तोकेको स्थानबाट घरजग्गाको अनुमति लिनुपर्नेछ भने त्यसको अवधि ५ वर्षका लागि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया