काठमाडौं । सरकारले आज देशभर राष्ट्रिय शोकको घोषणा गरेको छ ।
साेमबार बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका
नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो ।
इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो ।
राष्ट्रिय शोक अन्तर्गत आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
राष्ट्रिय शोक घोषणा गरे पनि सार्वजनिक बिदा भने दिइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया