सिंहदरबारमा सर्वदलीय बैठक शुरु

लोकपथ
42
Shares

काठमाडौँ । सिंहदरबारमा सर्वदलीय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकसहितको सर्वदलीय बैठक शुरु भएको हो ।

बैठकमा विद्यालय शिक्षा ऐन संशोधनका विषयमा प्रधानमन्त्रीले कुरा राख्ने उनले र इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरूको अवस्थाबारे बैठकमा जानकारी गराइने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा शिक्षकसँग भएको सम्झौता कार्यान्वय र संशोधनको विषयमा आजै छलफलसमेत गरेका थिए ।

बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?