दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सीके राउतले विखण्डनको मुद्दा नछोडेको भए तत्काल कारबाही गर्नुपर्ने बताएका छन् ।
शुक्रवार सरकारले सीके राउतसँग गरेको ११ बुँदे सहमति विपरित विखण्डनको नारा लगाउन शुरु गरेको हो भने सरकारले फेरी पक्राउ गरि कारबाही गर्नुपर्ने बताएका हुन् ।
मेची महाकाली स्वाभिमान यात्राका क्रममा सोमवार दाङ आइपुगेका थापाले घोराही र तुलसीपुरका कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘सरकारसँग भएकोे सहमतिबारे दुई पक्षका फरकफरक धारणा आउनु दुःखद हो ।’
आइतवार राउतका कार्यकर्ताले जनकपुरमा गरेको नाराबाजी र प्रदर्शन संविधान विरोधी र गैरकानूनी काम भएको बताउँदै यस्ता गतिविधिलाई सरकारले नियन्त्रण गर्नुपर्ने थापाको भनाइ छ ।
‘सरकारकै संरक्षणमा राष्ट्र विखण्डनको नारा लाग्नु हुँदैन, यदि राउतले विखण्डनको मुद्दा छोडेका छैनन् भने सरकारले फेरि पक्राउ गरेर कारवाही गर्न सक्नुपर्छ’ उनले भने, ‘जनकपुरमा लागेको नारा राष्ट्र विरोधी हुन्, यसबाट राउत आफ्नो स्वार्थपूर्तिमा लागेको स्पष्ट हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया