बुटवल । रुपन्देहीको देवदहमा आइतवार साँझ अज्ञात समूहको आक्रमणबाट तरुण दलका सक्रिय कार्यकर्ता अनिश पुरीको निधन भएको विरोधमा देवदह क्षेत्रमा चक्काजाम गरिएको छ ।
तरुण दलले देवदह क्षेत्रमा मुख्य राजमार्ग सोमवार दिउँसो २ बजेदेखि चक्काजाम गरेको छ ।
आइतवार पार्किंङको विषयमा रुपन्देही खैरेनी र घोडाहाका युवाहरुको दुई समूहबीच विवाद भएको थियो ।
सो विवाद चपेटामा अनिश मुछिएका थिए ।
विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा बोलाएर लाठी र ढुंगा प्रहर गरि हत्या गरिएको थियो ।
हत्या गरिएका युवा नेपाल तरुण दल देवदह नगर सदस्यसमेत हुन् । घटनापछि आकस्मिक बसेको तरुण दल रुपन्देहीको बैठकले हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग समेत गरेको छ ।
त्यस्तै प्रहरीले घटनामा संलग्नरहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
सोधपुछ र अनुसन्धानका लागि आइतवार रातिनै ५ जनालार्ए र सोमवार बिहान थप दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्ले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराम भण्डारीका अनुसार पक्राउ पर्नेहरुमा देवदह ९ का २१ वर्षीय अर्जुन मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा र २१ वर्षकै शिशिर रानालगायत रहेका छन् ।
विगत एक वर्षदेखि मुटु रोगी समेत रहेका पुरीको छाती र टाउकोमा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारका लागि देवदह मेडिकल कजेलमा पुर्याइएको थियो । तर, त्यसलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया