प्रधानमन्त्री र अर्थमन्त्री अनुपस्थित हुँदा अर्थ समितिको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा अनुपस्थित हुँदा अर्थ समितिको बैठक स्थगित भएको छ । 

सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धी विधेयकमा छलफल गर्न सोमवार दिउँसो १ बजेको लागि बोलाइएको अर्थ समितिको बैठक स्थगित भएको हो । 

चैत दोस्रो साता काठमाडौंमा शुरु हुने लगानी सम्मेलन अघि नै उक्त विधेयक पारित गर्ने तयारी अनुसार २ साता अघि प्रधानमन्त्री कार्यालयले दर्ता गरेको थियो ।

समितिको छलफलमा प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडा नै अनुपस्थित भएको भन्दै विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले विधेयकमा छलफल हुन नसक्ने धारणा राखेका थिए । 

बैठक मंगलवार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?