प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन सक्दैन’

काठमाडौं । सरकार र सीके राउतबीच भएको सहमतिले मुलुक तरंगित बनिहरेको बेला प्रधनमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन नसक्ने बताएका छन् । 

सोमवार राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक उत्सव कार्यक्रममा सहभागि भएका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले भने, राजनीतिक विषयमा जनमत संग्रह हुन सक्छ, तर राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताबारे जनमत संग्रह हुन सक्दैन ।’

गत शुक्रवार स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमति भएपछि तराई–मधेशमा जनमत संग्रह हुने हल्ला चलिरहेको बेला प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?