काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भएको स्वास्थ्य उपचार खर्च सरकारले ब्यहोर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ सकिएको छ ।
आज सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ सकिएको हो ।
राष्ट्रपति आफैँले आफ्नो उपचार खर्च व्यहोर्ने भन्दा भन्दै सरकारले उक्त उपचार खर्च ब्यहोर्ने निर्णय गैरकानुनी रहेको दाबीसहित अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सुरुमा अधिवक्ता गिरी गत असार २४ गते रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको भएपनि सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न नमानी दरपीठ गरिदिएको थियो । तर दरपीठको निर्णयविरुद्ध गिरी रिटको माध्यमबाट दरपीठको आदेश बदर गर्नको लागि निवेदन लिएर पुगेपछि साउन ११ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । त्यसलगत्तै साउन १२ गते गिरीको रिट दर्ता भएको थियो ।
राष्ट्रपति पौडेलको छातीमा समस्या देखिएपछि गत वैशाख ६ गते एयर एम्बुलेन्समार्फत् उपचारका लागि दिल्लीको एम्स अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार गरी वैशाख १७ गते राष्ट्रपति पौडेल नेपाल फर्किएका थिए ।
उक्त मुद्दाको सबै सुनुवाइ सकिएसँगै आजै आदेश आउनसक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया