इजरायलमा रहेका नेपालीको सुरक्षाबारे गृहमन्त्रीको चासो

लोकपथ
7
Shares
तस्वीर गूगल

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदुत ह्यानन गदरलाई सम्पर्क गरी उनले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको लडाइँका कारण बढेको असुरक्षाप्रति चासो राखेको उनको सचिवालयले जनाएको छ।

गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे जानकारी लिएका थिए ।

नेपाली राजदूत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्दारको पहल गर्ने काम भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?