मुलुकको सुरक्षा व्यवस्थाबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं । मुलुकको पछिल्लो सुरक्षा व्यवस्थाबारे छलफल गर्न आज (आइतवार)सुरक्षा परिषद्को बैठक बस्दैछ । 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका समूहले पछिल्लो समय काठमाडौं उपत्यका लगायत  देशका केहि ठाउँमा गरेको बम विस्फोटबारे समिक्षा र सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने विषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक आज बस्न लागेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो । बैठक आइतवार बिहान ११ः३० बजे सिंहदरबारमा बस्दैछ । 

पटक–पटक सुरक्षा व्यवस्थालाई चुनौती दिँदै विप्लव समूहले गरेको बम विस्फोटबाट आम नागरिहरुले असुरक्षाको महसुस गरिएको बेला सुरक्षालाई थप व्यवस्थित गर्न बैठकको आह्वान गरिएको हो । 

बैठकमा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेले, गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतको उपस्थिति हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?