सीके राउतका कार्यकर्तासँग बुलेट प्रुफ ज्याकेट, फहराए स्वतन्त्र मधेशको झण्डा

काठमाडौं । सीके राउतका समर्थनमा आइतवार स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्याली निकालेको छ । 

मूलधारको राजनीतिमा आउने सहमति गरेरका डा. सीके राउतका समर्थकहरुले विमानस्थलमा उनलाई स्वागत गर्दै मोटरसाइकल र्याली निकालेका छन् । 

शुक्रवार सरकारसँग ११ बुँदे सहमति गरेका राउतले जनकपुरमा जानकारी मन्दिर पुगेर पूजाअर्चना गर्ने कार्यक्रम समेत तय भएको छ । 

राउतको र्यालीमा फ्रि मधेश लेखिएको झण्डा, बुलेट प्रुफ ज्याकेट लगाएका थिए भने कालो चश्मा र माक्स लगाएर अनुहार छोपेका छन् । 

यो सँगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएका छ । 

सामाजिक सञ्जाल फेसबुमा भेटिएको यो भनाइ, ‘सीके राउत मुलधारमा आएको हो या सरकारले गति छाडेको हो ? गृहमन्त्री ज्यू सीके राउतका सुरक्षाका निम्ती यो बुलेट प्रुफ ज्याकेट कसले उपलब्ध गरायो ? जनकपुर विमानस्थल बाहिर फ्रि मधेस लेखिएका झण्डाहरु कसरी पुराईयो ? सीके राउतलाई मुलधारमा ल्याईएको भनेको यही हो ?


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?