सीके राउतसँग सरकारले गरेको सम्झौता मुलुकका लागि दुर्भाग्यपूर्ण : राप्रपा नेता निरञ्जन थापा

कपिल अधिकारी / बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री निरञ्जन थापाले सरकारले सीके राउत गरेको सम्झौता डरलाग्दो रहेको बताएका छन् ।

कहिल्यै उपनिवेशन नभएको नेपालको तराईमा जनमत संग्रह गराउने गरी स्वतन्त्र मधेशको माग गर्दै हिडेको व्यक्तिसँग सरकारले सम्झौता गर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको दाबी गरेका हुन् । नेपालको स्वतन्त्रतामाथि गम्भीर संकट ल्याउने गरी राष्ट्रहित विपरीत सम्झौता भएको थापाको भनाइ छ ।

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङनको पाथीभाराबाट शुरु भएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राबारे जानकारी दिन आइतवार बुटवल पुगेका थापाले भने, ‘स्वतन्त्र मधेशका मुद्दा बोकेको सीके राउतसँगको सम्झौता दुर्भाग्यपूर्ण छ, यो सम्झौता देशको हितमा छैन,स्वतन्त्र मधेश हुनै सक्दैन ।’ 

उनले आफूहरू जनताको मुद्दा बोकेर जनताको घरदैलोमा हिँडेको बताउँदै थापाले भने, ‘सनातन हिन्दूराष्ट्र नेपालको पुनःस्थापना गर्न आफूहरू स्वाभिमान यात्रामा हिँडेका र्छौं ।’ 

अभियानको २७औँ दिन सोमवार बुटवलमा आइपुग्ने पार्टीका अर्का नेता प्रदीप उदयले जानकारी दिए । 

यात्रा आइतवार नेपालगञ्जमा चल्नेछन् । नेपालगञ्जबाट सोमवार बिहान हिँडेर दिउँसो बुटवलको ट्राफिक चोकमा विशाल सभा गरिने उदयले जानकारी दिए ।

सभालाई पार्टीका अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहोरा नेताहरू निरञ्जन थापा र बुद्धिमान तामाङले सम्बोधन गर्नेछन् । बुटवलको सभापछि यात्रा पोखरा जानेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?