ओली सरकार राष्ट्रघात र लम्पसारवादको भद्धा नमुना : नेकपा अध्यक्ष कट्टेल

काठमाडौं । नेकपाल कम्युनिष्ट पार्टीले सरकारले एउटा विखण्डनकारीलाई सम्मान र हैसियत प्रदान गरियो त्यो केपी शर्मा ओली सरकार राष्ट्रघात र लम्पसारवादको भद्धा नमुना भएको बताएको छ । 

नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले विज्ञप्ति जारी गर्दै सरकार र सीके राउतबीच भएको सम्झौताले नेकपाको ध्यान गम्भिर रुपमा आकर्षित भएको बताए । 

‘सहतमा हेर्दा एउटा पृथकतावादको नारा बोकेको शक्ति देशको अखण्डतालाई स्विकार गरेर आउनुलाई सकारात्मक भन्न सकिएला तर, जुन शक्तिको आडमा यो काम भइरहेको छ र पृथकतावादले जसरी मान्यता प्राप्त गरेको छ यो आउँदा दिनमा अझै घात बन्न सक्ने सम्भावा प्रवल छ’ जारी विज्ञप्तिमा लेखिएको छ । 

ओली सरकारको लम्पसारवादी चरित्रले देश माहाशक्तिहरुको रणनीतिक क्रिडास्थल बन्दै गएको कुरा नेपाल कम्युनिष्ट पार्टीले पटक पटक सार्वजनिक गर्दै उनले बताए । 

‘अमुक शक्ति केन्द्रको निर्देशनमा एउटा विखण्डनकारीलाई जुनसम्मान र हैसियत प्रदान गरियो योे ओली सरकारको राष्ट्रघात र लम्पसारवादको भद्धा नमुना हो, विज्ञप्तिमा लेखिएको छ ‘नेपाल कम्युनिष्ट पार्टी यस्तो कुकृत्यको विरोध गर्दछ र आउँदा दिनहरुमा नेपालको स्वधिनतामा अझै गम्भिर चुनौति थपिने हुँदा  संघर्षरत रहन सबै देशभक्त नेपालीहरुलाई अपील गर्दछ ।’

‘सिके राउत को गतिविधिलाई नेकपाले पहिले नै परिचालन गर्ने पात्र फरक भएपनि भारतमा भएको खालिस्तान मुभमेन्टका भिण्डरावालेको समरुपको संज्ञा दिएको थियो । उनी निश्चित राजनीतिक मिसनको निम्ति बाह्य शक्ति केन्द्रद्वारा परिचालित पात्र हुन भन्ने कुरा जग जाहेर नै थियो । ओली र राउत एउटा सिक्काका दुई पाटा मात्र हुन भन्ने विश्लेषण नेपाली राजनीतिक बजारमा विगत देखिनै हुँदै आएको कुरा पनि सार्वजनिक भएकै विषय हो ।’

‘ओली सरकारले जसरी आफ्नो ट्रयाक समाल्दै गयो राउतको यो रुपको औचित्यता पनि क्रमशः सकिदै गयो र अर्को रुपमा राउतलाई परिचालकहरुले बदल्नु पर्ने आवश्यकता महशुस गरे अनुरुपनै यो सम्झौता भएको हो । यो कुनै अप्रत्यासित घटना होइन । होली वाइन कन्फरेन्स अर्थात एसिया प्यसिफिक कन्फरेन्स, इण्डोप्यासिफिक कन्सेप्टमा सहमति, डाभोस मिटमा सहमागिता र अमेरीकी सैनिक सहयोगमा सकारात्मकतापछी राउतसँगको सम्झौताको कडी जोडिएको कुरा प्रष्ट छ । रेशम चौधरीलाई आजिवनकारावास, सर्वोच्चवाट राउतको रिहाइ, भोलीपल्टै सम्झौता  र लगत्तै विप्लवहरुलाई अपराधि घोषणा जस्ता विषयहरु पनि संयोग मात्र हुँदै होइन ।’ अध्यक्ष कट्टेलदवार जारी विज्ञप्तिमा लेखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?