सीके राउतसँग जनमत संग्रहको सहमति नभएको सरकारको स्पष्टीकरण

काठमाडौं । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहको सहमति नभएको स्पष्ट पारेको छ ।

शुक्रबार भएको ११ बुँदे सहमतिलाई सिके राउत स्वयंले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएका थिए ।

सरकारका तर्फबाट उक्त सहमतिमा हस्ताक्षर गरेका गृहमन्त्री रामबहादुर थापा बादलले सांसदहरुको प्रश्नको उत्तर दिए । 

जनमत संग्रहको कुरा भ्रमक भएको र सरकारले यो ढंगले निर्णय नगरेको स्पष्टीकरण दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?