काठमाडौं । नेपाली कांग्रेस प्रभावशाली नेता तथा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतसँग भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन्। शुक्रवार राउत र सरकारबीच ११ बुँदे सहमति भएको थियो ।
एक ट्वीटमार्फत केसीले पृथकतावादी राजनीतिमा संलग्न रहेकाहरु मुलधारको राजनीतिमा प्रवेश गर्नु स्वागतयोग्य भएपनि सार्वभौमिकता अविभाज्य भएको बताएका छन् ।
यसबारे जनमतसंग्रहको कुरा गरिनु अस्वीकार्य मात्र होइन राष्ट्रघाती हो भन्दै नेता केसीले सरकारले यसबारे तुरुन्त स्पष्ट गर्नुपर्ने माग गरेका छन् ।
‘पृथकतावादी राजनीतिमा संलग्नरहेकाहरु मुलधारको राजनीतिमा प्रवेश गर्नु स्वागत योग्य हो। तर, ताजा पूर्वस्मृतिहरू चटक्कै बिर्सन सकिन्न, कार्यबाटै प्रमाणित गरिनु पर्छ’ उनले भनेका छन्, ‘ सार्वभौमिकता अविभाज्य छ।
यसबारे जनमत संग्रहको कुराअस्वीकार्य मात्र होइन राष्ट्रघाती हो। सरकार यसबारे तुरुन्त स्पष्ट गर।’
सिके राउतसँग भएको सहमतिपछि विभिन्न टिकाटिप्पणी भइरहेको बेला नेता केसीबाट यस्तो धारणा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया