काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिबारे सरकारले संसदमा प्रष्ट जवाफ दिनुपर्ने बताएको छ ।
आइतवार बसेको प्रतिविधिसभा बैठकमा विशेष समय लिएर बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सो कुरा बताएका हुन् ।
सरकारले स्वतन्त्र मधेश गठनबन्धका संयोजक डा. सीके राउतसँग सहमति गरेको बताउँदै सहमतिका केही विषयमा सरकारले संसदमा प्रष्ट जवाफ दिनुपर्ने उनले बताए ।
आफूहरु राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको भन्दै यादवले सरकारसँग प्रश्न गरे, विखण्डनलाई सरकारले मान्यता दिएको हो ? सरकारको जवाफ चाहन्छौं ।’
यसैगरी सीके राउतप्रति टिप्पणी गर्दै अध्यक्ष यादवले भने, ‘सहमति गर्ने एउटा पक्षले जनमत संग्रह गर्ने सहमति भएको दाबी गरेको छ, यसबारे सरकारले संसदमा प्रष्ट जवाफ दिन आग्रह गर्छु ।’
‘मधेशबारे जनमत संग्रह गर्न खोजेको हो भने यो स्वीकार्य हुँदैन’ राजपाका अध्यक्ष मण्डलका संयोजक यादवले भने ।
यसैगरी सरकारले राजपासँग गरेको सहमति विपरित कार्य गरेको कारण सरकारलाई दिएको समर्थ फिर्ता दिएको समेत जानकारी दिए । साथै यादवले मधेश तथा थारु आन्दोलनमा भएका घटनाबारे अध्ययन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया