सीके राउतसँग सरकारले अपारदर्शी रुपमा सम्झौता ग-यो : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादि आन्दोलनमा लागेका सीके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको बताएका छन् ।

आज (शनिवार)  काठमाडौं नेस्नल स्कुल ले आयोजना गरेको कार्यक्रममा संचार कर्मिहरुको जिज्ञासामा नेता सिंहले कांग्रेस नेतृत्वमन जारी भएको संविधान मान्छु भनेर राउत आउनु राम्रो भएपनि सम्झौताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएको असन्तुष्टि जनाए ।

शुक्रवार सीके राउतसँग भएको सम्झौतालाई लिएर नेकपाभित्रै मतभेद देखिएको भन्दै नेता सिंहले सहमतिको बारेमा भविष्यमा गतिविधि हेरेर मात्र भन्न सकिने बताए ।

उनले सम्झौतामा उल्लेख भाषा त्रुटिपूर्ण रहेको भन्दै नेकपाभित्रै विवाद शुरू भएको बताए । सम्झौता गर्दा संसदका दलहरूलाई थाहै नदिनुले  केही शंका भने उत्पन्न भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?