सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद भएको बताएका छन् । 

शनिवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । 

उनले भने, ‘राष्ट्र विखण्डनको मुद्दा जनताको अभिमतसँग जोड्न खोजिएको छ, यदि त्यस्यो हो भने नेपाली जनतालाई यो कुरा कदापि स्वीकार्य हुँदैन, यस विषयमा सरकारले एक हप्ताभित्र आफ्नो धारणा स्पष्ट पार्नुपर्छ, नत्र राप्रपाले आन्दोलन शुरु गर्छ ।’

शुक्रवार सरकार र सीके राउतबीच ११ बुँदे सहमति भएको थियो ।

‘राउतले सरकारसँग भएको सहमतिलाई सामाजिक सञ्जालमार्फत मधेश अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने कुरा लेखेकाले झनै शंका उब्जाएको छ र सो सहमतिलाई सतर्कतापूर्वक स्वागत गरिएको छ’ उनले भने । 

गत फाुगन १५ गते ताप्लेजुंगको पाथिभराबाट शुरु भएको राप्रपाको राष्ट्रिय स्वभिमान यात्रा शुक्रवार महेन्द्रनगर पुगेको हो । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?