काठमाडौं । सरकार र र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमति भएको छ ।
सहमतिसँगै अब सरकारले राउतलाई लोकतान्त्रिक दलको मान्यता दिएको छ भने सिकेले छुट्टै मधेसको अभियान छाड्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने, घाइतेको उपचार सरकारले गर्ने, मृतक एकजनाको परिवारलाई सरकारले उचित क्षतिपूर्ति र रोजगारी दिने लगायत उल्लेख छ।
यसका साथै जनमत संग्रह गराउन सरकार सहमत, स्वतन्त्र मधेश गठवन्धन को सवै मुद्दा फिर्ता हुने, नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन सँग भएको वार्तामा नेपाल सरकार मधेशको माँग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत सँग्रह) को मार्फत पुरा गर्ने प्रतिवद्धता जनाएको छ। साथै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्ता माथि लागेका सबै मुद्धाहरु फिर्ता हुने भएको छ। र स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यलय विभिन्न जिल्लमा खोलेर खुल्ला रुपले राजनीतिक गर्ने भएको छ।
यस्तो छ ११ बुँदे सहमति सम्झौता


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया