काठमाडौं । नेकपा एमाले उपत्यका बिशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
आइतबार काठमाडौँमा विशेष प्रदेश कमिटीले गरेको अधिवेशन लोगो सार्वजनिक गर्दै तयारी पुरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रदेश कमिटी अध्यक्ष प्रेम पराजुलीले तीन सय भन्दा बढी सदस्य, प्रतिनिधिहरूको उपस्थितिमा हुने अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।
उनले भने, ‘हामी तीन सय भन्दा बढी सदस्य, प्रतिनिधिहरूको बीचमा हाम्रो अधिवेशन बन्द सत्रको रूपमा हामी हाम्रो अधिवेशनलाई सम्पन्न गर्नेछौं । त्यो भन्दा अगाडि भव्य र सव्य रूपमा उद्घाटन सत्र सम्पन्न गर्दैछौं । अधिवेशनसँग सम्बन्धित विषय लगभग टुङ्गिँदै गएको अवस्था छ । केही बाँकी रहेको कामलाई तिव्रताका साथ सम्पन्न गर्ने प्रयत्नमा छौं ।’
उनले अधिवेशन राष्ट्रिय सभागृहमा हुने जानकारी दिँदै ११ः३० बजे शान्तिवाटीकामा भेला भई एकमुस्ट रूपमा जुलुस सहित सभागृह पुग्ने बताए ।
उनले भने,‘आगामि १९ गते एउटा ¥यालिका साथ राष्ट्रिय सभागृहमा कार्यक्रमको उद्घाटन स्थलमा जाने छौं । र श्रदेय अध्यक्ष केपी शर्मा ओलीबाट उट्घाटन गर्ने छौं । १९ गते ११ः३० बजे शान्तिवाटीकामा भेला भई एकमुस्ट रूपमा जुलुस सहित सभागृह पुग्ने छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया