काठमाडौं । एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ ।
लामो समयदेखि मुटुलगायत विभिन्न रोगबाट ग्रसित अग्रवालको ७६ वर्षको उमेरमा भारतको चेन्नाईमा उपचारका क्रममा मृत्यु भएको हो ।
अग्रवालको शुरुमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइएको थियो । तर, नेपालमा उपचार सम्भव नभएपछि उनलाई चेन्नाई लगिएको थियो ।
चेन्नाईमा पनि उनको उपचार सम्भव भएन । अग्रवालको आज (शुक्रवार) अन्त्यष्टि गरिने पनि पारिवार स्रोलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया