काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटमा हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने भएका छन् । यसका लागि अध्यक्षद्वय भोलि (शनिवार) रौतहट जाने भएका छन् ।
पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको हो ।
रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय ओली र ्रचण्डले सम्बोधन गर्ने प्रदेश इञ्चाज सत्यनारायण मण्डलले जानकारी दिए ।
उनका अनुसार २ नम्बर प्रदेशका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी भइरहेको बताए ।
संविधान जारी भएपछि नेकपाको मधेशमा यो पहिलो राजनीतिक भ्रमण हो । जनसभामा नेकपा नेताहरुले मधेश नीतिबारे जनतालाई जानकारी दिने समेत प्रदेश इञ्चाज मण्डलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया