देउवाको एक साता लामो देश दौडाहा, आज विराटनगरमा सृष्टि पत्रिकाको उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज विराटनगरमा सृष्टि पत्रिकाको वार्षिकोत्सवको उद्घाटन गर्ने भएका छन् । 

आज (बिहीवार)बाट एक साता लामो देश दौडाहामा रहेका सभापति देउवा आज बिहान ११ः१५ बजे बुद्ध एयरबाट विराटनर पुगेका हुन् । 

उनले विराटनगरमा विरेन्द्र सभा गृहमा सृष्टि पत्रिकाको वार्षिकोत्सवको उद्घाटन गर्ने छन् भने मोरङ जिल्लाबाट कांग्रेसको तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा समेत सहभागी हुने छन् । 

यसैगरी जिल्लाबाट निर्वाचित माननीय सांसदरुसँग समेत सभापति देउवाले छलफल गर्ने छन् ।

देउवा आजै ४ः१५ बजे बुद्ध एयरकै उडानबाट काठमाडौं फर्किने छन् । 

यसैगरी देउवा भोलि (शुक्रवार) दिउँसो २ः१५ बजे पोखरा जाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?