नेपालगञ्ज । प्रहरीले बाँकेबाट ३५ लाख ४२ हजारसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बहराईच रपैडिहाका २० वर्षीय रविश पाठक र १२ वर्षीय नितेश तिवारी छन् ।
बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार उनीहरुले शरीरमा सो रकम लुकाएर ल्याएको अवस्थामा नेपालगञ्जको पसाङल्हामु मार्ग नजिकै बुधवार साँझ पक्राउ गरिएको हो ।
उक्त रकम भारतबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ पर्नेहरुले साहुहको पैसा भएको दाबी गरेका छन् ।
प्रहरीका अनुसार भारतीय नोट साटेर नेपाली बनाएर ल्याउन खोजिएको हो ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा लिइ थप अनुसन्धान शुरु गरिएको एसपी पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया