गाउँपालिका अध्यक्षको नागरिकता दुइटा !

 रोल्पा – रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पुष्टि भएको छ। उनले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको प्रमाणित भएको हो। ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुवै नागरिकता एउटै व्यक्तिको रहेको पुष्टि गरेको रोल्पा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष खत्रीसँग दुईवटा नागरिकता रहेको भन्दै स्थानीय हरिबहादुर पुनले २०७४ माघ १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए।

उनको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी २०७५ असोज २६ गते दुवै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएकोे थियो। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?