फागुन २२ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल फागुन २२ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1. शक्ति समूहकी ‘शक्ति’ सुनिता कालकोठरीबाट फर्केर यसरी बनिन् जीवनदाता : नारी शक्तिको कुनै स्वरुप हुँदो हो त ठ्याक्कै सुनिता दनुवार जस्तो देखिदो हो । उनले जीवनमा भोगेका भोगाइ धेरैको कल्पनामा समेत अटाउन नसक्ला । र, त्यस भोगाइबाट निस्किएर उनले जसरी आफ्नो जीवनलाई नयाँ बाटोतर्फ पहिल्याइन् त्यो पनि कमै व्यक्तिको क्षमताले भ्याउँछ, शायद ।

 

2. रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला :  टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । विसं। २०७२ भदौ ७ गते कैलालीको टिकापुररमा एक नाबालकसहित ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरी फैसला आज भएको हो ।

 

3. लक्ष्मण थारुसहित १२ जना रिहा हुँदै  : टिकापुर घटनाको मुद्दामा जिल्ला अदालत कैलालीले गरेको फैसलापछि १२ जना बुधवार रिहा हुँदैछन् ।  बुधवार अदालले गरेको फैसला अनुसार लक्ष्मण थारु, लाहुराम चौधरी, राजकुमार कठरिया, सन्तराम चौधरी, जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संतोष थारु चौधरी, विश्राम चौधरी र रामप्रसाद चौधरीसहित १२ जनालाई ३ वर्ष कैदको फैसला सुनाएको भएपनि उनीहरु बुधवार रिहा हुन  लागेका हुन् । 

 

4. प्रधानमन्त्री ओली अस्पताल भर्ना, भएको के हो ?  : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।नियमित चेक जाँचका लागि बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहले बताईन् ।

 

5. ज्ञानेन्द्र शाहको तराई भ्रमण स्थगित :  पूर्व राजा ज्ञानेन्द्र शाहको तराई भ्रमण स्थगित भएको छ । पूर्व मुमा बहामहारानी रत्न शाह अस्पताल भर्ना भएपछि पूर्व राजा ज्ञानेन्द्र शाहको तराई भ्रमण स्थगित भएको हो । 

 

6. कांग्रेस सभापति देउवाको एक साता लामो देश दौडाहामा निस्कने : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि ९बिहीवार०बाट एक साता लामो देश दौडाहामा निस्कने भएका छन् । पहिलो दिन काठमाडौंबाट बुद्ध एयरको विमानबाट विराटनगर पुग्ने र विरेन्द्र सभा गृहमा सृष्टि पत्रिकाको वार्षिकोत्सको उद्घाटन गर्ने कार्यतालिका रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

 

7. राजसंस्था र हिन्दु राष्ट्रको पुनस्थापनाका लागि राप्रपा (संयुक्त)ले आन्दोलन गर्ने : राप्रपा (संयुक्त) ले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्थापना र भ्रष्टाचार विरुद्धमा आन्दोलन गर्ने उद्घोष गरेको छ ।‘राष्ट्रपति निष्पक्ष नहुने हुँदा सबैलाई स्वीकार्य हुने राजसंस्थाको आवश्यक्ता छ । पृथ्वीनारायण शाह, बहादुर शाह लगायतका शाह वंशले राष्ट्र निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेको कारण राजसंस्थाको सम्मान गर्न आवश्यक छ,’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले बताए ।

 

8. ताप्लेजुङ दुर्घटनामा परेका मन्त्रीका पिएसो घिमिरेले बोकेको पेस्तोल फेला :  ताप्लेजुङको फुङलिङ नगरपालिका(१० स्थित सिस्नेभीरको दाह्रेढुंगामा हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला परेको छ । घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको हो । अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले मंगलबार घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको जनाइएको छ । 

 

9. अर्थमन्त्रीद्वारा बैंक र उद्योगीलाई चेतावनी, ब्याजदरको विषय मिलाउन नसके सरकारले हस्तक्षेप गर्ने :  नेपालमा सबैभन्दा ठूलो बैंक नेपाल इन्फ्रास्टक्चर बैंक आज ‘बुधवार’देखि सञ्चालनमा आएको छ । नेपालमा पुर्वाधार बिकासको क्षेत्रमा ठूलो लगानी गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको इन्फ्रास्टक्चर बैंकको बुधवार विधिवत रुपमा समुद्घाटन गरिएको हो । सरकारी तथा निजी साझेदारीको अबधारणा रहेको उक्त बैंकको २० अर्ब चुक्तापूँजी रहेको छ । 

10. विप्लव समूहमा भर्भराउँदो युवाहरु लागेको देख्दा चिन्ता लाग्छ – भट्टराई : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहको क्रियाकलापलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले बुधवार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विप्लव समूहको क्रियाकलापले राज्यलाई कमजोर बनाउने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् । 

11. रेशम चौधरीको सांसद पद खारेज हुने : जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई टिकापुर घटनाको दोषि ठहर गरेसँगै उनको सांसद पद खारेज हुने भएको छ ।  बुधवार कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद खारेजी हुने भएको हो ।

12. सर्लाहीमा हत्या गरिएका यादवलाई सहिद घोषण गर्नुपर्ने कांग्रेसको माग ज्ञापन(पत्रसहित) : सर्लाहीको सदरमुकाम मलंगवामा शनिवार राति अज्ञात समूहले गोली हानेर हत्या गरिएका मनोजकुमार यादवलाई सहिद घोषण गर्नुपर्ने कांग्रेसको माग छ । नेपाली कांग्रेस जिल्ला कार्यालय मलंगवाले आज जिल्ला प्रशासन कार्यलय, सर्लाही मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै यादवलाई सहिद घोषणको माग गरेको हो ।  

 

13. कसरी हुने स्वस्थ्य, आजैबाट त्यागौं यस्ता बानीहरु :  भनिन्छ, आहार र जीवनशैलीले हाम्रो दैनिक जीवनलाई प्रभाव परिरहेको हुन्छ । स्वास्थ्यलाई लिएर हामी जानी नजानी बिभिन्न गल्तिहरु गरिरहेका हुन्छौँ । हामीलाई सामान्य लाग्ने गल्तिहरुले पनि भबिष्यमा ठुलो समस्या निम्त्याउन सक्छन् ।

 

14. मनाङको मुख्य प्रशिक्षकमा लोप्साङ नियुक्त :  शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ नियुक्त भएक छन् । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले मुख्य प्रशिक्षकमा छिरिङलाई पुनःनियुक्त गरेको हो । यसअघि पनि लोप्साङले पाँच वर्षअघि मनाङ मस्र्याङ्दी क्लब सम्हालेका थिए । 

 

15. धनगढी पुगेका गृहमन्त्री बादलले निर्मला पन्तबारे के भने  :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गत साउनमा बलात्कारपछि हत्या भएको कञ्चनकपुरकी १३ वर्षी बालिका निर्मला पन्तको अनुसन्धान जारी रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री बादलले पत्रकारसँगको कुरामा सो कुरा बताएका हुन् । 

 

16. प्रकाशमानको निवास चाक्सीबारीमा देउवा विरोधीको बैठक :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरोधी नेताहरुको बैठक काठमाडौंको ठमेलमा बसेको छ ।  बुधवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सभापति देउवा विरोधी नेताहरुको बैठक बसेको हो । 

 

17. बाँकेमा ८७ हजार घुससहित दुई कर्मचारी पक्राउ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । 

 

18. भारतीय जलसेना प्रमुखको यस्तो खुलासा, समुद्री मार्गबाट हमला : भारतीय जलसेनाका प्रमुख सुनील लाम्बाले देशमा समुद्री मार्गबाट अझै ठुलो आतं‌कवादी आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।कश्मीरमा भएको हमला भन्दा पनि ठुलो हमला समुद्री मार्गबाट हुन सक्ने आशंका गर्दै लाम्बाले सजग हुन चेतावनी दिएका हुन् ।यो घटनामा केन्द्रीय रिजर्भ पुलिस फोर्का ४० जना मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?