काठमाडौं । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आन्दोलनरत् चिकित्सकसँग सरकारले वार्ता थालेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा ३ बजेदेखि वार्ता शुरु भएको हो । वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि उपस्थित छन् ।
स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका हुन् । मंगलबार माइतीघरमण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षाको माग गरेका थिए ।
डाक्टरले आन्दोलन थालेपछि सरकारले समाधानको खोजीका लागि वार्ता थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया