रेशम चौधरीको सांसद पद निलम्बन कायमै

काठमाडौं । जिल्ला अदालत कैलालीबाट जन्मकैदको सजाय पाएका निलम्बित सांसद रेशम चौधरीको सांसद पद निलम्बन कायम रहने भएको छ । 

यसअघि फौजदारी कसुरको अभियोग लागेका उनी निलम्बनमा थिए । प्रतिनिधि सभाको नियममावली २४४ नियमको उपनियम ४ मा फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने प्रावधान राखिएकोले उनको निलम्बनको निरन्तरता हुने भएको हो । 

बुधवार जिल्ला अदालत कैलालीले उनीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ । उनी जेलमै रहेको अवस्थामा सांसदको सपथ लिन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?