सर्लाहीमा हत्या गरिएका यादवलाई सहिद घोषण गर्नुपर्ने कांग्रेसको माग (ज्ञापन-पत्रसहित)

काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवामा शनिवार राति अज्ञात समूहले गोली हानेर हत्या गरिएका मनोजकुमार यादवलाई सहिद घोषण गर्नुपर्ने कांग्रेसको माग छ । 

नेपाली कांग्रेस जिल्ला कार्यालय मलंगवाले आज जिल्ला प्रशासन कार्यलय, सर्लाही मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै यादवलाई सहिद घोषणको माग गरेको हो ।  

ज्ञापन पत्रमा लेखिएको छ, “जिल्ला लगायत देश भरी नै  असुरक्षा, हत्याहिंसा, आतंक अपहरण र बलात्कार जस्तो घृणित घटनाको व्यापकताले  जन समुदायमा त्रासको वातावरण छाएको छ । चारै तर्फ जनता त्रसित भएका छन् ।”

हत्या गरिएका ३१ वर्षीय यादवको परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, जिल्लामा शान्ति सुरक्षाको पूर्ण व्यवस्था मिलाउनु पर्ने र गैर कानूनी हात हतियारलाई तत्काल नियन्त्रण गर्न माग गरेका छन् ।

सरकार र सरकारका प्रशासनले आवश्यक कदम नचालेमा  सम्पूर्ण नेपाली कांग्रेस सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । आन्दोलनको जिम्मेवार सरकार र सर्लाही प्रशासन हुने पत्रमा लेखिएको छ ।

यसैबीच नेविसंघका निर्वतमान महामन्त्री कपिलेश्वर यादवको नेतृत्वमा रहेको नेविसंघ समूहले मगंलवार बेलुका ‘मान्छे मार्न पाहिदँैन, हत्याहिंसा बन्द गर’ भन्ने मूल नारासहित काठमाडौंको संखमुलदेखि माइतिघर मण्डलासम्म बाईक र्यालीद्वार सरकारको विरोध गरेका थिए ।  


मण्डलामा दिप पज्वलन पनि गरिएको थियो । नेविसंघका केन्द्रीय सदस्य अर्जुन बोम, प्रवास झा र सामाजिक संस्था १०० गुप्रका अध्यक्ष विक्रम ओलीसहित दजनौं नेविसंघका कार्यकर्ताहरुको उपस्थिति थियो । 

उनीहरुले सरकारलाई दोषी पत्ता लगाउन एक हप्ताको अल्टिमेटम दिँदै दोषी पत्ता नलागाएमा नेविसंघले देशव्यापीरुपमा आन्दोलन गरि नेपाल बन्द गर्ने चेतावनी समेत  दिएका छन् । निर्वतमान महामन्त्री यादव घटनाको अध्ययनको लागि सर्लाही पुगेका छन् । 


हत्या गरिएका यादव पूर्व नेपाल लोकतान्त्रिक विद्यार्थी फेरमका जिल्ला अध्यक्ष एवं नपाल विद्यार्थी संघका सहसंयोजक समेत रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?