प्रदेश सरकारले चीनमार्फत खरिद गर्ने भनिएको चिनियाँ गाईको विरोध गर्दै तनहुँका दुग्ध उत्पादक किसानले नेपालमै उन्नत नश्ल ल्याएर मात्र गाईको विकास गर्न माग गरेका छन्।
तनहुँ जिल्ला दुग्ध उत्पादक संघमा आवद्ध किसानले विगतमा भारतबाट आयात गरिएका गाई सफल नभएको भन्दै योपटक चीनबाट गाई आयात गर्नुभन्दा देशभित्रै उन्नत नश्लका बाच्छी हुर्काउने तथा उन्नत नश्लका सिमन्स आयात गरेमा हावापानी अनुकुल हुने र बढी उत्पादन हुने उनीहरुको सुझाव छ ।
गण्डकी प्रदेश सरकारले चीनबाट चार हजार उन्नत जातका गाई ल्याउने निर्णय गरेको थियो। यसलगत्तै किसान असन्तुष्ट भएका हुन्। उनीहरुले सुझावसहितको आन्दोलन गर्ने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया