आजबाट प्रि मनसुन शुरु, चिसो कम हुँदै तापक्रम बढ्दै जाने

काठमाडौं । आजबाट देशभर प्रि–मनसुन समय शुरु भएको छ । 

ऋतु परिवर्तनसँगै आजबाट देशभर प्रि–मनसुन समय शरु भएको हो । 

आगामि तिन दिन मौसम सफा रहेपनि केही स्थानहरुमा स्थानिय वायुको प्रभावका कारण सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार प्रि मनसुनको समयमा स्थानिय वायु सक्रिय हुने हावाहुरी चल्ने, चट्याङ पर्ने गर्दछ ।

केही दिन मौसम सफा जस्तो देखिए पनि छिनमै बद्ली हुने, हल्का वर्षा हुने र क्षणभरमै सफा हुनेलगायतका गतिविधि प्रिमनसुनको बेला हुने गर्छ ।

प्रि मनसुन आगामी वर्ष जेठ अन्त्यसम्म जारी रहने र चिसो कम हुँदै तापक्रम बढ्दै जाने महाशाखाले जनाएको छ । यसैगरी सामान्यतया देशभरको मौसम सफा रहनेसमेत महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?