आफूलाई ‘सफा’ देखाउने प्रयास अन्सारी, तर सत्तारुढ दलकै सांसदले प्रश्न उठाए

काठमाडौँ — सत्तारुढ दल नेकपाकै कोटाबाट मुस्लिम आयोगका अध्यक्षमा सिफारिसमा परेको समिम मियाँ अन्सारीमाथि संसदीय सुनवाइ समितिमा सत्तारुढ दलकै सांसदहरुले पछि हट्न सुझाव दिएका छन् । उनीहरुले अन्सारीको नागरिकता लगायतका विषय आफू अझै पनि विश्वस्त हुन नसकेको उल्लेख गर्दै पछि विवादमा पर्नु भन्दा अहिले नै पछि हुट्नु बुद्धमानी हुने उल्लेख गरे ।
नेकपाका सांसदहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, पूर्णकुमारी सुवेदी, अमृता थापा लगायतले अध्यक्षको रुपमा अनुमोदन गर्नका लागि विश्वस्त हुने आधार नभएको बैठकमा बताए । तर अन्सारीले भने आफ्नो नागरिकता लगायतका विषयमा कुनै पनि विवाद रहेको दाबी गरेका छन् । उनले आफ्नो सबै कागजात छानबिन गर्न चुनौती दिएका छन् । उनले नागरिकता लिएको काठमाडौं जिल्ला प्रशासनले ढड्डामा लेख्न गल्ती भएको भन्दै आफूलाई क्लिन चिट दिएको अन्सारी समितिसमक्ष जानकारी गराए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?