काठमाडौं । गण्डकी प्रदेशसभामा दुई नेताको शोक प्रस्ताव पारित भएको छ ।
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका कास्की २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी प्रति शोक प्रस्ताव पारित गर्दै मंगलबारको प्रदेश सभा बैठक सकिएको हो ।
गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले शोक प्रस्ताव पेश गरेका थिए ।
बैठकले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली र हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने सातै परिवारप्रति समवेदना प्रकट गरेको थियो । शोकप्रस्ताव पारित गर्दै एक मिनेट मौन धारण गरिएको छ ।
बैठक भोलि बुधवार दिउँसो १ बजेको लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया