७ वर्ष ढिला गरी बन्यो कुलेखानी तेस्रो, परीक्षण उत्पादन कहिले ?

७ वर्ष ढिला गरेर बल्ल १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण सकिएको छ । 

मकवानपुरमा रहेको आयोजनाका निर्माण सम्पन्न भएतापनि आयोजनाले अझै परीक्षण उत्पादन सुरु गरेको छैन ।

निर्माण सम्पन्न भएका कारण पूर्वाधारहरुको परीक्षण भइरहेको आयोजनाले जनाएको छ ।  

 केही दिनभित्रै पूर्वाधारहरुको परीक्षण सम्पन्न गरी परीक्षण उत्पादन थाल्ने योजना छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?